दफा १९
सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम हटाउने
(१) स्थानीय तहले देहायको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम आफ्नो अभिलेखबाट हटाउनेछः-
(क) सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति बसाइँ सरी अन्यत्र गएमा,
(ख) असहाय एकल महिलाले विवाह गरेमा,
(ग) यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा,
(घ) मृत्यु भएमा,
(ङ) तोकिए बमोजिमका अन्य अवस्थामा ।
(२) उपदफा (१) को खण्ड (क) बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति बसाइँ सरी अन्यत्र जाने भएमा सम्बन्धित स्थानीय तहले परिचयपत्रमा सोही व्यहोरा उल्लेख गर्नु पर्नेछ।